welcome

Saturday, December 6, 2008

गजल

पिपल विना तड्पीएको एउटा बुढो बर भएँ ।
बसाँइ सरी छाडी गा को भत्कीएको घर भएँ ।
हेला मात्र गरिरहे कुरुप नै देखे छन् नी ,
आफैं बाट च्यातिएर बेकामे म धर भएँ ।
उषा भन्दा गोधुली त कमै लाई प्यारो लाग्छ,
रङ्गी चङ्गी दुनियाँमा आफैं बाट पर भएँ ।
देव सम्भिm पुज्न लाई मान्छे ढुङ्गा हैन रैछ,
के-को साथ पाउँथे त आखिर म नर भएँ ।

गजल

घरछाडी रेष्टुराँमा, रात काट्न हुन्न सानी ।
हाम्रो आफ्नै समाजले., राम्रो संग लिन्न सानी ।
अमेरिकी बेलायती, जस्तो छैन हाम्रो समाज,
पश्चिमेली संस्कृती, हुन्न हामीले चुन्न सानी ।
सिन्दुरपोते गुन्युचोली, कता तिर फाल्यौ आज,
पाइन्ट सटले परम्परा, हाम्रो बचाउन्न सानी ।
रोदी छाडी डिस्कोलाई, बढि मन पराएर,
आफ्नो पन्को प्यास यस्ले, मेटाउन्न सानी ।
हिजो अर्कै बाटो हिड्यौ, आज र्फक आफ्नै तिर,
संस्कृति लाई बचाउन, हातेमालो बुन्न सानी ।

गजल

रात काट्न गाह्रो भए मेरो तस्विर साथ राख ।
मलाई भुल्नु भन्दा पैले छाती माथी हात राख ।
जान्छौ भने जाउ छाडी म नजाउ भन्ने छैन,
सबै कुरा राख साक्षी यो झरी बषर्ात् राख ।
सम्बन्धको महत्वनै नबुझेर वाचा गर्यौ,
तोड्यौ वाचा केही छैन त्रि्रो इच्छा जमात राख ।
हिजो अस्ती जस्तै गरी अर्कै लाई बचन देउली ,
अरु सबै गरि रहूँ यति यौटा वात राख ।
गाउँ भरि हल्ला चल्दा नसुन्ने को होला त्याहाँ,
यस्तो साह्रो हुदै गर्दा कसै संग मात राख ।

गजल

सगरमाथा चढ्न की, सात सागर तर्न पर्छ ।
त्रि्रो मन्को संघार टेक्न, मैले के-के गर्न पर्छ ।
हेर्राईको भाषा नौलो, बुझ्न पनि नसकिने,
मधुर त्यो स्वरसंग, की त संगित भर्न पर्छ ।
लाली गुराँस चाप संग, खेलौ न त सगैं बसि,
मीठा कुरा गर्नु नै छ, पक्कै मौका पर्न पर्छ ।
इन्द्रणीको सातै रंग, तस्विरमा सजाएको ,
गगनमा विलाएर, त्रि्रो अघि र्झन पर्छ ।
यो जुनीमा हुन्न लाग्छ, अर्को जुनी पर्खन्छौ की ?
यत्ति सम्म भन्यौ भने लाग्छ यात्री मर्न पर्छ ।

गणतान्त्रिक सरकार अनि युथफोर्स र वाइ सि एल

गणतन्त्रिक सरकारले काम गरेको ४ महिना बित्न लाग्यो तर पनि कुनै नयाँ अनुभुती हुन सकेको छैन । याँहा बन्द उस्तै छ , हड्ताल उस्तै छ, धम्कि, चन्दा, अपहरण, हत्या जस्ता श्रृखला रोकिएका छैनन् । दिन प्रतिदिन अराजकता बढिरहेको छ । गणतन्त्र आएपछि त शान्ति होला, ढुक्कले बाँच्न पाइएला भनेर सोचेका म र म जस्तै लगभग अढाइकरोड नेपालीहरुको मानसीकतामा तुषारापात हुन थालेको छ ।
हिजो जनयुद्धका वेला जस्तै विहान बिद्यालय गएको बच्चा साँझ घर फर्कन्छ फर्कन्न थाहा छैन अपहणमा पर्ने होकी र सवारी बन्द भएर बाटामा अलपत्र पर्ने हो के हुने हो टुङ्गो हुदैन । काममा गएका मान्छे रात विताउन घर आइपुग्ने हो या होइन भन्न गाह्रो छ ।
पछिल्लो पटक काठमाण्डौको धुलिखेलमा स्थानियले पानी खान नपनाएको निउमा अर्काको गाँउको खानेपानीको पाइप काटिनु देखी , भर्खरैमात्र सप्तरीको तेरौतामा यात्रुबसमा आगजनी गरि जिउदै मान्छे जलाइनु जस्ता अमानवीय र अराजक कार्य नियन्त्रण गर्न नसक्नुले सरकारको निरिहता छर्लगं देखाएको छ, सरकारले जनातालाइ सुरक्षा गर्न नसकेको प्रष्ट पारेको छ ।
राजनीतिक संस्कार विग्रदै गएको छ । दिनहु जसो बन्द र हड्ताल हुन छाडेको छैन । बन्द र हड्ताको संस्कृतिक मोलाउँदै गएको छ । राजनीतिका आडमा विभिन्न उछृंखल व्यक्तिहरुले मौकाको फाइदा उठाइ रहेका छन । विभिन्न पार्टीका युवा दस्ताका नाममा यतिवेला मुलुक आक्रान्त बनेको छ । समाजमा रहेका विकृतीको अन्त्य गर्न भन्दै पार्टीले गठन गरेका यिनै युवा दस्ताले समाजको संस्कृतीलाइ विकृत बनाइ रहेका छन । आफ्ना माउ पार्टीले मिलीजुली सरकार चलाइरहेका बेला यिनीहरु भने देशका ठाउ ठाउमा आफै आफै विच भिडन्त गरिरहेछन ।
केहि समय अगाडी धनकुटा, ताप्लेजुङ, धादिङ, दोलखा लगायतका ठाउमा युथफोर्स र वाइ सि एल विचको झडप सेलाउन सेलाउन लाग्दा फेरी यी नै दुइ माउ दलमा युवाहरु विच पुन मोरङमा तान्डव नृत्य देखाइ रहेका छन । यतिमात्र हैन पार्टीका युवा दस्ताविच झडप हुन्छ , अनि जुन तल पर्छ नी , जस्ले जित्न सक्दैन, उसले भने, यातायात बन्द, बजार बन्द, जिल्ला बन्द यस्तै यस्तै बन्द गर्छ , आफु आफुमा भिडेर मात्र नपुगेर र्सवसाधारण, हामी जस्ता असम्लग्न मान्छेलाइ दुख दिने गरेका छन यी युवा दस्ताले । के गणतन्त्रिक सरकारले जनतालाइ दिएको राहात यही हो ? समाजमा रहेका विकृती र विसंगती जस्ता संस्कार हटाएको यही हो ? के युथ फोर्स वाइ सि एल , तरुण दस्ता, युथ फोरम यही हो अग्रगामी संस्कृती ? बन्द, हड्ताल, चन्दा अपहरण यही हो नयाँ नेपालको नयाँ पहिचान ? के यी नै हुन नयाँ नेपाल निमार्णका आधार ?
गणतान्त्रिक सरकारले खै कहिले देखाउने हो जनता प्रति बफादारी ? र्सवसाधारणको धनजनको सुरक्षाको लागी कहिले देखाउने हो संवेदनशीलता र कहिले देखी हामी गणतान्त्रिक नेपालका खुसी जनता भएको महशुस गर्न पाउने हो ? २०६५ मंसिर २१

Thursday, December 4, 2008

गजल

भत्काउनेको साथ छाडी,मेरो साथ माग तिमी,
फुटाउनेमा हैन साथी,जुटाउनेमा लाग तिमी ।
चिनेनौकी कसो मलाई, प्रगतीको नयाँ पथ हुँ,
हिजो जस्तो लाक्षी छैन,दरो लक्ष्य ताक तिमी ।
बिकासको लहर ल्याई,समुन्नत पार्नु पर्छ,
भ्रष्ट घुसे प्रणालीको,विरुद्धमा जाग तिमी ।
आज एउटा काँचो माटो,भोली जे नी बन्न सक्छौ,
चाँडै चुला निभ्न सक्छ, छिटो चाँडो पाक तिमी ।
निमिट्यान्न हुन पर्छ, विकृतिका बोटहरु ,
तस्करका अधिनको, नियमकानुन् नाघ तिमी ।
राले स्याल समाजको, उन्नती नै चाहदैन ,
स्यालहरु हद भए, बन्न पर्छ बाग तिमी ।

गजल

अँधेरीमा जुनका कुरा, नगरेकैजाती हुन्छ ।
बेहोसीमा उनका कुरा, नगरेकै जाती हुन्छ ।
मधुर त्यो बोली संग, संगितको ताल मिल्दा,
विरक्तिमा धुनका कुरा, नगरेकै जाती हुन्छ ।
गुलीया छन् शब्दहरु, त्यो भन्दानी भाका मीठा,
मिर्ठाईमा नुनका कुरा, नगरेकै जाती हुन्छ ।
हीरामोती महलको, सुखी होला जीवनशैली,
गरीबलाई सुनका कुरा, नगरेकै जाती हुन्छ ।
के दिनु र अब बाँकी, मागेजती दिएकै हो,
बैगुनीलाई गुनका कुरा, नगरेकै जाती हुन्छ ।