गजल
घरछाडी रेष्टुराँमा, रात काट्न हुन्न सानी ।
हाम्रो आफ्नै समाजले., राम्रो संग लिन्न सानी ।
अमेरिकी बेलायती, जस्तो छैन हाम्रो समाज,
पश्चिमेली संस्कृती, हुन्न हामीले चुन्न सानी ।
सिन्दुरपोते गुन्युचोली, कता तिर फाल्यौ आज,
पाइन्ट सटले परम्परा, हाम्रो बचाउन्न सानी ।
रोदी छाडी डिस्कोलाई, बढि मन पराएर,
आफ्नो पन्को प्यास यस्ले, मेटाउन्न सानी ।
हिजो अर्कै बाटो हिड्यौ, आज र्फक आफ्नै तिर,
संस्कृति लाई बचाउन, हातेमालो बुन्न सानी ।


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home