गजल
रात काट्न गाह्रो भए मेरो तस्विर साथ राख ।
मलाई भुल्नु भन्दा पैले छाती माथी हात राख ।
जान्छौ भने जाउ छाडी म नजाउ भन्ने छैन,
सबै कुरा राख साक्षी यो झरी बषर्ात् राख ।
सम्बन्धको महत्वनै नबुझेर वाचा गर्यौ,
तोड्यौ वाचा केही छैन त्रि्रो इच्छा जमात राख ।
हिजो अस्ती जस्तै गरी अर्कै लाई बचन देउली ,
अरु सबै गरि रहूँ यति यौटा वात राख ।
गाउँ भरि हल्ला चल्दा नसुन्ने को होला त्याहाँ,
यस्तो साह्रो हुदै गर्दा कसै संग मात राख ।


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home