welcome

Saturday, December 6, 2008

गणतान्त्रिक सरकार अनि युथफोर्स र वाइ सि एल

गणतन्त्रिक सरकारले काम गरेको ४ महिना बित्न लाग्यो तर पनि कुनै नयाँ अनुभुती हुन सकेको छैन । याँहा बन्द उस्तै छ , हड्ताल उस्तै छ, धम्कि, चन्दा, अपहरण, हत्या जस्ता श्रृखला रोकिएका छैनन् । दिन प्रतिदिन अराजकता बढिरहेको छ । गणतन्त्र आएपछि त शान्ति होला, ढुक्कले बाँच्न पाइएला भनेर सोचेका म र म जस्तै लगभग अढाइकरोड नेपालीहरुको मानसीकतामा तुषारापात हुन थालेको छ ।
हिजो जनयुद्धका वेला जस्तै विहान बिद्यालय गएको बच्चा साँझ घर फर्कन्छ फर्कन्न थाहा छैन अपहणमा पर्ने होकी र सवारी बन्द भएर बाटामा अलपत्र पर्ने हो के हुने हो टुङ्गो हुदैन । काममा गएका मान्छे रात विताउन घर आइपुग्ने हो या होइन भन्न गाह्रो छ ।
पछिल्लो पटक काठमाण्डौको धुलिखेलमा स्थानियले पानी खान नपनाएको निउमा अर्काको गाँउको खानेपानीको पाइप काटिनु देखी , भर्खरैमात्र सप्तरीको तेरौतामा यात्रुबसमा आगजनी गरि जिउदै मान्छे जलाइनु जस्ता अमानवीय र अराजक कार्य नियन्त्रण गर्न नसक्नुले सरकारको निरिहता छर्लगं देखाएको छ, सरकारले जनातालाइ सुरक्षा गर्न नसकेको प्रष्ट पारेको छ ।
राजनीतिक संस्कार विग्रदै गएको छ । दिनहु जसो बन्द र हड्ताल हुन छाडेको छैन । बन्द र हड्ताको संस्कृतिक मोलाउँदै गएको छ । राजनीतिका आडमा विभिन्न उछृंखल व्यक्तिहरुले मौकाको फाइदा उठाइ रहेका छन । विभिन्न पार्टीका युवा दस्ताका नाममा यतिवेला मुलुक आक्रान्त बनेको छ । समाजमा रहेका विकृतीको अन्त्य गर्न भन्दै पार्टीले गठन गरेका यिनै युवा दस्ताले समाजको संस्कृतीलाइ विकृत बनाइ रहेका छन । आफ्ना माउ पार्टीले मिलीजुली सरकार चलाइरहेका बेला यिनीहरु भने देशका ठाउ ठाउमा आफै आफै विच भिडन्त गरिरहेछन ।
केहि समय अगाडी धनकुटा, ताप्लेजुङ, धादिङ, दोलखा लगायतका ठाउमा युथफोर्स र वाइ सि एल विचको झडप सेलाउन सेलाउन लाग्दा फेरी यी नै दुइ माउ दलमा युवाहरु विच पुन मोरङमा तान्डव नृत्य देखाइ रहेका छन । यतिमात्र हैन पार्टीका युवा दस्ताविच झडप हुन्छ , अनि जुन तल पर्छ नी , जस्ले जित्न सक्दैन, उसले भने, यातायात बन्द, बजार बन्द, जिल्ला बन्द यस्तै यस्तै बन्द गर्छ , आफु आफुमा भिडेर मात्र नपुगेर र्सवसाधारण, हामी जस्ता असम्लग्न मान्छेलाइ दुख दिने गरेका छन यी युवा दस्ताले । के गणतन्त्रिक सरकारले जनतालाइ दिएको राहात यही हो ? समाजमा रहेका विकृती र विसंगती जस्ता संस्कार हटाएको यही हो ? के युथ फोर्स वाइ सि एल , तरुण दस्ता, युथ फोरम यही हो अग्रगामी संस्कृती ? बन्द, हड्ताल, चन्दा अपहरण यही हो नयाँ नेपालको नयाँ पहिचान ? के यी नै हुन नयाँ नेपाल निमार्णका आधार ?
गणतान्त्रिक सरकारले खै कहिले देखाउने हो जनता प्रति बफादारी ? र्सवसाधारणको धनजनको सुरक्षाको लागी कहिले देखाउने हो संवेदनशीलता र कहिले देखी हामी गणतान्त्रिक नेपालका खुसी जनता भएको महशुस गर्न पाउने हो ? २०६५ मंसिर २१

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home