welcome

Thursday, December 4, 2008

गजल

भत्काउनेको साथ छाडी,मेरो साथ माग तिमी,
फुटाउनेमा हैन साथी,जुटाउनेमा लाग तिमी ।
चिनेनौकी कसो मलाई, प्रगतीको नयाँ पथ हुँ,
हिजो जस्तो लाक्षी छैन,दरो लक्ष्य ताक तिमी ।
बिकासको लहर ल्याई,समुन्नत पार्नु पर्छ,
भ्रष्ट घुसे प्रणालीको,विरुद्धमा जाग तिमी ।
आज एउटा काँचो माटो,भोली जे नी बन्न सक्छौ,
चाँडै चुला निभ्न सक्छ, छिटो चाँडो पाक तिमी ।
निमिट्यान्न हुन पर्छ, विकृतिका बोटहरु ,
तस्करका अधिनको, नियमकानुन् नाघ तिमी ।
राले स्याल समाजको, उन्नती नै चाहदैन ,
स्यालहरु हद भए, बन्न पर्छ बाग तिमी ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home