welcome

Thursday, December 4, 2008

गजल

अँधेरीमा जुनका कुरा, नगरेकैजाती हुन्छ ।
बेहोसीमा उनका कुरा, नगरेकै जाती हुन्छ ।
मधुर त्यो बोली संग, संगितको ताल मिल्दा,
विरक्तिमा धुनका कुरा, नगरेकै जाती हुन्छ ।
गुलीया छन् शब्दहरु, त्यो भन्दानी भाका मीठा,
मिर्ठाईमा नुनका कुरा, नगरेकै जाती हुन्छ ।
हीरामोती महलको, सुखी होला जीवनशैली,
गरीबलाई सुनका कुरा, नगरेकै जाती हुन्छ ।
के दिनु र अब बाँकी, मागेजती दिएकै हो,
बैगुनीलाई गुनका कुरा, नगरेकै जाती हुन्छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home